काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार साँझ चितवन पुग्नुभएको छ । वहाँ आराम गर्नका लागि चितवन पुगेका भरतपुर महानगरपालिकाका प्रेस सल्लाहाकार सुरेसचन्द्र अधिकारीले जानकारी दिनुभयो ।
प्रधानमनन्त्री प्रचण्ड दुई दिनसम्म चितवन बस्नुहुनेछ । जिल्लामा प्रधानमन्त्रीका अन्य कुनै कार्यक्रम नभएको अधिकारीले जानकारी दिनुभयो । ‘प्रधानमन्त्री यसपटक विशुद्ध रेष्ट गर्न आउनुभएको हो,’ वहाँले भन्नुभयो ‘प्रधानमन्त्री कुनै राजनीतिक तथा अन्य कार्यक्रममा सहभागि हुने कार्यक्रम छैन ।’
प्रचण्ड शुक्रबार शिवनगरमा रहेको आफ्नै निवासमा बस्नुभएको छ । जिल्लाका नेता कार्यकर्ता प्रचण्डको निवासमा पुगेका छन् । घर बनाएपछि प्रचण्ड आफ्नो निवासमा बसेको तेस्रो पटक हो । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सकिएपछि प्रचण्ड आराम गर्न चितवन आएको बुझिएको छ । राजनीतिक दबाब महशुस भएपछि प्रचण्ड बेला बेला राजधानी बाहिर आराम गर्न हिड्ने गर्नुभएको छ ।