काठमाडौँ, ४ साउन – सन् २०१९का लागि इपिएस कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरूको लागि सोमबारबाट स्वास्थ्य परीक्षण शुरु भएको छ ।
कोरियामा रोजगारीमा जानको लागि यो वर्ष ७ हजार ९९६ जना पास भएका छन् । उनीहरूको स्वास्थ्य परीक्षणको लागि शुक्रराज ट्रपिकल अस्पताल, निजामति अस्पताल, नेपाल कोरियामैत्री अस्पताल र पाटन अस्पतालमा व्यवस्था मिलाइएको इपिएस कोरिया शाखाले जनाएको छ ।

स्वास्थ्य परीक्षणमा पास भएका र उपयुक्त प्रहरी रिपोर्ट आएकाहरूले यही भदौ ८ गतेबाट रोजगार आवेदन फारम भर्ना पाउनेछन । पास भएकाहरू आगामी २०१९को जनवरीबाट कोरिया जान पाउनेछन् ।