बिराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा दाेस्राेपटक नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) अनुसार मंगलबार साँझ थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
थापाले सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा प्रदेश प्रमुख खापुङसमक्ष आजै दाबी पेश गर्नुभएको थियो ।
कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सहित ४७ सांसदको हस्ताक्षरमा थापा मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।