काठमाडौं, ४ भदौ । बिहानै कालीमाटी तरकारी तथा फलफूल बजार अनुगमन गर्न गएको सरकारी टोलीलार्इ स्थानीय व्यापारी र तरकारी विचौलियाको समूहले उल्टै नियन्त्रमा लिए ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हितसंरक्षण विभाग सहितको उपभोक्ता अधिकारकर्मीको टोलीलाई उनीहरुले नियन्त्रमा लिर्इ केही समय थुनेको बताइन्छ । अचानक अनुगमनमा पुगेको टोलीलार्इ बजार अनुगमन गर्न नदिर्इ एकै ठाउँमा थुनेर राखेको राखिएको हो ।
विभागका अधिकृत दीपकराज पौडेल, उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनासहित आधा दर्जनभन्दा बढी अनुगमनकारी बिहानै ३ बजेतिर कालीमाटी पुगेका थिए । तर उनीहरु उल्टै व्यापारी तथा बिचौलियाको नियन्त्रणमा परेको बताइएको छ ।
बिचौलियाका कारण तरकारी महंगो भएको गुनासो बढिरहेका बेला बिचौलिया नियन्त्रण गर्ने लक्ष्यसहित सो टोली अनुगमनमा निस्किएको थियो ।
टोलीले तरकारी बोकेका २ ट्रकसमेत नियन्त्रणमा लिएको छ । आवश्यक बिलबिजक तथा कागजात नभएपछि ती ट्रकलार्इ नियन्त्रणमा लिइएको हो । बिलबिजक नभेटिएपछि उत्पन्न विवादका कारण कालिमाटीका व्यापारीहरुले अनुगमन टोलीको विरोध गर्दै नाराबाजी समेत गरेका थिए ।