काठमाडौं, ४ भदौ । आगामी असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बाँध मायाले’ले अस्ट्रेलियामा प्रिमियर शो सम्पन्न गरेको छ । गत अगस्ट १८ तारिखका दिन अस्ट्रेलियाको इभेन्ट सिनेमा वरउडमा भएको प्रिमियर सोमा नायक आर्यन अधिकारी सहभागी भएका थिए ।
अस्ट्रेलियाको प्रिमियर सोको व्यवस्था चलचित्रका सह निर्माता महेन्द्र अधिकारीले मिलाएका थिए । गत आइतबार पनि अस्ट्रेलियाको हर्टसभिलमा ‘बाँध माया’ले को प्रिमियर शो राखिएको थियो । जहाँ अभिनेता आर्यन अधिकारीले सहभागी भएका थिए । पहिलो प्रिमियरमा सहभागीले फिल्मको प्रशंसा गरेको थियो ।
अस्ट्रेलियापछि यही अगस्ट २८ तारिखमा ‘मायाले’को शो अमेरिकास्थित सान्फ्रान्सिस्कोमा हुँदैछ । त्यहाँ पनि आर्यन सहभागी हुनेछन् । प्रिमियरमा सहभागी भएर दर्शकको प्रतिक्रिया बुझेका अभिनेता अधिकारी भन्छन् ‘फिल्म हेर्नु भएकोले सकारात्मक प्रतिक्रिया दिएको छ । जसले हामीलाई हौसला मिलेको छ ।’ फिल्म ‘बाँध मायाले’लाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् ।
यो फिल्ममा आर्यनको साथमा श्रृष्टि श्रेष्ठ, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङ र नव नायक किशोर खड्का लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई रामहरि धिताल र बिभिषिका श्रेष्ठले निर्माण गरेका हुन् ।