पोखरामा एसियाकै उत्कृष्ट १८ तले अपार्टमेन्ट बन्ने

पोखरा, ४ भदौ । युवा व्यवसायी बिमल बसेलको अगुवाईमा पोखरामा दक्षिण एसियाकै उत्कृष्ट अपार्टमेन्ट बन्ने भएको छ । बसेलले पोखरा महानगरपालिका १८ सेदीमा ‘बि एण्ड बि लेक भ्यु रिसोर्ट अपाटमेन्ट’ निर्माण शुरु गरेका छन् ।

टाइम सेयरिङ’ अवधारणाबाट अपार्टमेन्ट निर्माण हुनेछ, टाइम सेयरिङ अपार्टमेन्टका आफ्नैका विशेषता छन् । बसेलले भने, मेरोे २५ वर्ष पहिलेको सोच हो, जसले संसारभरका मानिसहरुलाई दोस्रो घरको याद दिलाउनेछ ।

अपार्टमेन्ट फेवाताल, पोखराकाले लेकसाइड, शान्तिस्तुपा केबुलकारको दृश्य देखी गरेर ३६ रोपनी जग्गामा अपार्टमेन्ट बनाउन लागेको बसेलले जानकारी दिए । १८ तलाको अपार्टमेन्ट निर्माणका लागि ८ अर्ब रुपैयाँ लाग्ने उनले बताए । ‘३ तलाको पार्किङ सहित १८ तलाको अपार्टमेन्ट निमाण गर्ने छौ, उनले भने, ‘दुईवटा भवनमा गरि ४ सय ६४ वटा अपार्टमेन्ट निर्माण गर्ने छौ ।’

अपार्टमेन्ट भित्र २ वटा रेस्टुरेन्ट, २ वटा स्विमिङ पुल सुपरमार्केट, एटिएम, ट्राभल सुविधा, मनि चेञ्जर, व्युटिपार्लर, स्पा, सैलुन, हेल्थ क्लब, पेन्ट घर, फिल्म हल लगायतका आवश्यक सुविधा रहने बसेलले बताए । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published.