२० राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट भारतीय सेनाका कर्नेल समातिए

काठमाडौं, ४ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ परेका छन् ।

बिमानस्थल प्रहरीका अनुसार २२ एमएमको २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ परेका हुन्। तर पक्राउ पर्ने कर्नेल भने नेपालीनै रहेका छन् । स्थाई घर चितवन भर्इ हाल काठमाडौं बस्दै आएका ४१ वर्षीय भारतीय सेनाका कर्नेल बलबहादुर पुन पक्राउ परेका हुन् ।

उनलाई आइतबार दिउँसो पक्राउ गरेको विमानस्थल प्रहरीको टोलीले बताएको छ । बुद्ध एयरको विमानबाट पोखरा जान लागेको अवस्थामा डोमेस्टिक टर्मिनलको सुरक्षा जाँचको क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ । पुनबारे थप अनुसन्धान गरीने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.