उमेश बन्जाडे / ३ भदौ, मलेसिया
भर्याङ बाट लड्दा घाइते भइ समस्यामा परेकी एक नेपाली चेलिको मलेसियाबाट उद्धार गरिएको छ । रोजगारीको शिलशिलामा मलेसिया पुगेका केही नेपाली युवाहरुको सक्रियतामा उनको उद्धार गरिएको हो । पूर्वी रूकुमको भुमे गाउँपालिका ४की हिरा पुन मगर पाँच महिना अघि रोजगारीका लागि मलेसिया आएकी थिइन् ।
ललितपुरको ‘इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट’बाट मलेसिया आएकी उनि नसोचेको दुर्घटनामा परिन र कम्पनीले बेवास्ता गरेपछि सबैमा सहयोगको अपिल समेत गरेकी थिइन् । त्रीयासी हजार नेपाली रकम तिरेर मलेयसिया ईपोहको ‘क्वालीटी क्वाइल्स इन्डस्ट्रीज’ कम्पनीमा आएकी पुनलाई कम्पनिको काम सकेर होस्टेलमा पानी भर्न जादा भर्याङमा लडेपछि खुट्टामा गहिरो चोट लागेको थियो ।
गम्भीर चोटका कारण विगत तिन महिनादेखि उनि काम गर्न सक्ने अबस्थामा नरहेको दाङका शान्तराज बुढा मगरले जानकारी दिए । हाल उनको उद्धार भएपनि स्वास्थ्य अवस्था भने उस्तै रहेको छ ।
स्थानीय मेडिकलमा पटकपटक उपचार गर्दापनि घाउ निको नभएपछि नेपाल फर्किएर उपचार गराउने उनको मनसाय थियो । यद्यपि कम्पनीले नेपाल जानुपुर्व ४ हजार ७ सय मलेसियन रिंगिट भुक्तानी गर्नुपर्ने अडान राख्दा उनलाई आपत परेको थियो । उता समस्या दर्शाउँदा मलेसिया पठाउने म्यानपावर र एजेन्टले पनि बेवास्ता गरेको पिडित पुनको आरोप छ ।
कम्पनीले भने अनुसारको रकम रकम जुटाउन नसक्दा तनाबमा रहेकी पुनलाई नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाका अध्यक्ष प्रेम पाण्डे र मलेसियामै कार्यरत नेपाली युवाहरु शान्तराज बुढामगर, राम प्रसाद पुनमगर, इन्फर्मेसन मगर, लोकेन्द्र मगर, तेज कुमार बुढामगर, र रोल्पा समाज सेवा संस्थाले नेपालबाट पठाएको मेनपावर एवं नेपाल दूतावासमा दबाब दिएपछि पिडित चेलिको उद्धार भएको हो ।
तत्काललाई उद्धार भएर राहत मिलेको भएपनी मेनपावरलाई प्लेन टिकट भने भुक्तानी गरिदिन आग्रह गरेको पिडित पुनले जानकारी दिएकि छिन् । साथै उनले आफ्नो यो मर्कामा सक्दो सहयोग गरेर नेपाली भुमिमा फर्किन सघाउने सबैमा आभार व्यक्त गरेकी छिन् । उनी शनिबार बेलुकी नेपाल उत्रिएकी हुन् ।