काठमाण्डौँ, ०३ भदौ – १८औं एसियाड को पुरुष फुटबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ।लगातार तीन खेलमा पराजित भएपछि नेपाल बाहिरिएको हो। समूह ुडीु मा परेको नेपाले आइतबार भएको अन्तिम खेलमा पाकिस्तानसँग २(१ गोलले पराजित भएको छ ।
नेपालले खेलको एघारौं मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो। पाकिस्तान युनास सहाबाजले आफ्नै पोस्टमा गोल गरेपछि नेपालले अग्रता लिन सफल भएको हो। यो गोल नेपालले एसियन गेम्समा सन् १९८२ पछि पहिलो पटक गरेको हो।
पाकिस्तानले ५५ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। फ्रिकिक बलमा सब्सिच्युट खेलाडी युसाफ अहमेदले बराबरी गोल गरेका थिए।
७१ मिनेटमा पाकिस्तानले अग्रता लियो। पाकिस्तानका लागि कप्तान श्रद्धाम हुसेनले ७१ मिनेटमा पेनाल्टीमार्फत गोल गरेर पाकिस्तानलाई अग्रता दिलाएका थिए।