‘नेयमार’लाई भित्र्याउदैछ रियल मड्रीड ! कति होला मुल्य ?

काठमाण्डौँ,,०३ भदौ – ब्राजिलका का स्टार खेलाडी नेयमारलाई रियल मड्रिडमा ल्याउन रियल मड्रिडले किर्तिमानी मुल्य तिर्ने भएको छ ।
नेयमारलाई रियलले २७० मिलियन पाउण्ड तिर्न तयार रहेको बताएको छ।

गत वर्ष नेइमार बार्सिलोनाबाट पिएसजी जाँदा पिएसजीले पनि त्यती बेलाको कृर्तीमानी मुल्य १९८ मिलियन पाउण्ड तिरेको थियो ।उनीनै अहिले सम्मका विश्वका सर्वाधिक महँगा खेलाडीको सूचिको पहिलो नम्बरमा छन् ।

अहिले सम्म रियलले क्रिस्टियानो रोनाल्डोको स्थानमा अर्को खेलाडी अनुबन्ध गर्न सकेको छैन् । यसै सिजन रोनाल्डो ११२ मिलियन युरोमा इटालीयन क्लब युभेन्ट्स पुगेका थिए ।रोनाल्डो युभेन्ट्स पुगेपछि रियलले उनको स्थानमा खेलाडी भित्र्याउने प्रयास गरिरहेको हो ।

Leave a Reply

Your email address will not be published.