बाढीले पुल बगाएपछि बजार बन्यो बगर

सिन्धुपाल्चोक,०३ भदौ –सिन्धुपाल्चोकको बाह्रबिसे र तातोपानी जोड्ने पक्की पुल बाढीले बगाएको छ । खोलामा आएको बाढीको कारण पुलनै भत्काएर बगाए पछि बाह्रबिसे बजार डुबानमा परेको हो ।

शुक्रबारदेखि लगातार परिरहेको पानीकको कारण आएको बाढीले बाह्रबिसे र तातोपानी जोड्ने पक्की पुल बगाउँदा बाह्रबिसे बजारमा बाढी पसेको स्थानीयले बताएका छन ।

बाह्रबिसे बजारदेखि माथिल्लो ग्रामिण भेगको अबस्था हेर्दा अझै झनै जोखिममा परेको छ । अहिलेसम्म करिब ५०० वटा रुख बिरुवा बगाएको छ भने बाह्रबिसे नपा–३ काभ्रे डाँडामा रहेको कृष्णमाया खड्काको र झण्डै ५ रोपनी खेत बगाएको छ ।

घर त बगायो बगायो अबको केही दिनमा बाँकी रहेको धान खेत पनि बगाउने उच्च जोखिम रहेको उहाँले दुखेसो पोख्नुभयो ।

थानीयका अनुसार बाह्रबिसे बजार क्षेत्रभित्र लेदो पसेर पुरै नदि जस्तो भएको छ । बाढीले पुल भत्काए पछि लेदो सबै साँधीखोल्साले बगाएर भोटेकोसीको छेउमा थुपारेको छ ।

सडकमा गिर्खा, बालुवा र हिलोले क्षतिग्रस्त बनाएपछि नगरपालिकाको सहयोगमा एक्साभेटरबाट पन्छाउने प्रयास भइरहेको छ । नदी छेउको वरीपरीका संरचना तहसनहस बनाउन थाले लगत्तै भोटेकोशीको सतह बढेपछि स्थानीयमा त्रास फैलिएका छन ।

सुरक्षा र उद्धारको लागि प्रहरी तयारी अवस्थामा बसेका छन । भौतिक क्षतिको तंथ्याक संकलन भइरहेको र अहिले सम्म मानविय क्षेती नभएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.