बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

महोत्तरी,३ भदौ महोत्तरीको बर्दिवास नगरपालिका ३ मा बस र मोटरसाइकल ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सिन्धुलीबाट बर्दिवासतर्फ जादैदै गरेको ज ११ प ५५४५ नम्बरको मोटरसाइकल र बर्दिवासबाट सिन्धुलीतर्फ आउदै गरेको ना ४ ख ९९९९ नम्बरको बस ठोक्किदा मोटरसाइकलमा सवार बर्दिबास नगरपालिका ३ का ३० वर्षका नेत्रबहादुर स्माइलीमगरको मृत्यु भएको हो ।

मगरको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल सवार अर्का एक जना गम्भीर घाइते भएका छन् । घाइतेको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.