चीनको रेल काठमाण्डौँमा आउन २ खर्ब ५७ अर्ब लगानी,समय कती लाग्ला ?

काठमाडौँ,०३ भदौ –  करीब २ खर्ब ५७ अर्बको अनुमानीत लगानीमा चीनको केरुङदेखि काठमाडौँसम्म रेलमार्ग निर्माण हुनका लागी ९ बर्ष लाग्ने सुरुवाती समयमा अनुमान गरिएको छ ।

प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार चिनियाँ अध्ययन टोलीले प्रतिकिलोमिटर ३ दशमलव ५५ अर्ब लाग्ने अनुमान अनुसार केरुङ–रसुवागढी–काठमाडौं करिब ७२ दशमलव २५ किलोमिटर दुरीको रेलमार्ग निर्माणका लागि २ खर्ब ५७ अर्ब खर्च लाग्ने कुरा सार्वजनिक गरेको हो ।

रेल विभागका महानिर्देशक अनन्त आर्चाय र भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसुधन अधिकारी सहितकोे टोलीले शनिबार चीन गएर चाइना रेल्वे एडमिनिस्ट्रेशनका प्रतिनिधी बीच केरुङ–काठमाडौं रेलमार्ग निर्माणका बारे गरिएको प्रारम्भिक अध्ययनका बारेमा छलफल गरेका थिए ।

उक्त रेलमार्गमा ९८ दशमलव ५ प्रतिशत पुल तथा टनेल हुनेछ । प्रारम्भिक अध्ययनको प्रतिवेदन चिनिया पक्षले नेपाललाई हस्तान्तरण समेत गर्दैछ ।

गएको जेठमा केरुङ–काठमाडौं रेलमार्ग अध्ययनका लागि चाइना रेलवे फस्र्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटबाट ८ जना प्रतिनिधी आएका थिए । नेपालको रेल विभागसंग मिलेर उनीहरुले झन्डै १० दिन लगाएर प्रारम्भिक अध्ययन गरेका थिए । प्रारम्भिक अध्ययनका लागि चीन सरकारले खर्च बेहोरेको छ ।

अघिल्लो बर्ष कार्तिकमा चाइना रेल्वे एडमिनिस्ट्रेसनका उपप्रमुख च्याङ चियानको नेतृत्वमा आएको ३३ जनाको टोलीले केरूङ–काठमाडौं र पोखरा–लुम्बिनी रेलर्मागको सम्भाब्यताको प्रारम्भिक अध्ययन समेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published.