कपिलवस्तु,०३ भदौ – भारतका लागि पूर्व नेपाली राजदुत दीपकुमार उपाध्यायले भारतले एक पक्षीय ढंगबाट निर्माण गरेको सीमावर्ती क्षेत्रका बाँधका कारण उत्पन्न भइरहेका समस्याहरुको समाधानका गर्न सरकारसँग आग्रह गरेका छन ।
कपिलवस्तुको सीमा क्षेत्रमा रहेको महली सागर, बजाहा र मर्थी बाँधबाट नेपाली कृषकहरुको धान खेत डुबानमा परेको अवस्था अवलोकन पछि संचारकर्मीहरुसँग कुरा गर्दै पूर्व राजदुत उपाध्यायले प्राविधिक तथा कुटनितिक प्रयासबाट समस्या समाधान हुन सरकार गम्भीर हुनुपर्ने बताउनु भयो ।
महलीसागर बाँध निर्माण कार्य रोकिएको भए पनि भारतीय पक्षबाट बाँधमा काठको फलेक अर्थात पटरा लगाएर पानी रोकेका कारण यस वर्ष डुबानको समस्या यो क्षेत्रमा बढेको हो । डुबानका कारण सीमा क्षेत्रका करीब ३ सय हेक्टर धान खेत डुबेको छ । कृषकहरुले २ पटक सम्म धान खेती गरेको धान सबै गलेर नष्ट भएको छ ।
सरकारी पक्षबाट क्षतिको मुल्यांकन गरेर डुबान क्षेत्रका कृषकहरुलाई सरकारले राहत वितरण गर्ने पुन ति घटनाहरु दोहरीन नदिन सरकारले कदम चाल्नु पर्ने कुरामा उपाध्यायले जोड दिएका छन ।