बढ्यो कोरियन वनको मूल्य , यस्तो छ आजको विनीमय दर


काठमाडौं,०३ भदौ – नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रिदर ३० रुपैयाँ ०१ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रिदर ३० रुपैयाँ ९१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रिदर ३० रुपैयाँ ६४ पैसा तोकेको छ ।


मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २६ पैसा र बिक्रिदर २७ रुपैयाँ ४१ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रिदर १० रुपैयाँ रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६८ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर ३ सय ७० रुपैयाँ ८९ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ९६ रुपैयाँ ८३ पैसा र बिक्रिदर २ सय ९८ रुपैयाँ ४२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा केही रकम तलमाथि गरेर मूल्य तोक्न सकीनेवाणिज्य बैंकहरुले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.