रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपति कार्यालय पुग्यो

काठमाडौं, ११ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई सजाय माफी दिएर कारागारमुक्त गराउने तयारी भएको छ ।

त्यसका लागि राष्ट्रपति कार्यालयमा फाइल पुगेको स्रोतले बताएको छ ।

२०७२ भदौमा कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी भइरहेको हो । त्यसका लागि बुधबार राष्ट्रपति कार्यालयको कानुन शाखामा चौधरीको सजाय माफी सम्बन्धी २० वटा फाइल पुगेको राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले बताए ।

Leave a Reply

Your email address will not be published.