बाढीले सडकसहित पुलको केही भागसमेत बगाएपछि ‘त्रिशूली-बेत्रावती सडक’ खण्ड ठप्प

नुवाकोट, ३ भदौ । आइतबार बिहान आएको गेर्खु खोलाको बाढीले ‘गेर्खु पुल’ बगाएको छ । बाढीले सडकसहित पुलको केही भागसमेत बगाएको हो । यसरी सडकसहित पुलको केही भाग बगाएपछि अहिले पासाङल्हामु राजमार्गअन्तर्गत नुवाकोटको त्रिशूली(बेत्रावती सडक खण्ड ठप्प भएको छ ।

अहिले नुवाकोट(रसुवा आवतजावतमा पनि ठप्प भएको छ । प्रहरीले जानकारी गराए अनुसार गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक योजनाको ठेकेदारसँग सहकार्य गरेर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.