के हलिउडको रिमेकमा पनि देखिदैछन् आमिर ?

एजेन्सी, ३ भदौ । अभिनेता आमिर खानलाई बलिउडमा ‘मिष्टर परफेक्सनिष्ट’ को रुपमा चिनिन्छन् । अहिले उनी आफ्नो आगामी फिल्म ‘ठग्स अफ हिन्दुस्तानडको सुटिङमा व्यस्त छन् । यो फिल्ममा अभिनेता आमिरलाई बलिउडका महानायक अमिताभ बच्चनसँग देखिनेछन् ।

यो फिल्म आगामी तिहारमा रिलिज हुँदैछ । यसै क्रममा अभिनेता आमिरले ‘ठग्स अफ हिन्दुस्तान’ पछि एक हलिउड फिल्मको रिमेकमा काम गर्ने समाचार बाहिरिएको छ । हामरी सहयोग वेवसाइट डीएनएको समाचार अनुसार ‘ठग्स अफ हिन्दुस्तान’ पछि आमिरले हलिउड फिल्मको रिमेकको हिस्सा बन्दैछन् ।

यो फिल्म प्यारामाउण्ट पिक्चर्सको ब्यानरमा बन्दैछ । तर अहिलेसम्म कुन हलिउड फिल्मको रिमेक बनाउने हो भन्ने बारेमा भने खुलासा भएको छैन । यसका साथै अभिनेता आमिर समाचारमा आएअनुसार करण जोहरद्वारा निर्देशित बायोपिक फिलम ‘ओशो’मा आचार्य रजनीश ओशोको भुमिकामा देखिने छन् ।

सुत्रका अनुसार यो फिल्मको स्क्रीप्ट पढ्दा आमिर निकै खुसी भएका थिए । यो फिल्मको प्रोडक्शनको काम सुरु भइसकेको छ । आमिरले ‘ठग्स अफ हिन्दुस्तान’ को सुटिङ सके लगततै यो फिल्मको औपचारिक घोषणा गरिने भएको छ ।

यसका अलवा आमिरले गुलशन कुमारको बायोपिक फिल्म निर्माता भुषण कुमारको साथमा मिलेर बनाउँदैछन् । फिल्मलाई सुभाष कपूरले निर्देशन गरिरेका छन् । यो फिल्म २०१९ को क्रिष्टमसमा रिलिज गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published.