१. १९०५ अगस्त १९ आजैका दिनमा रुसका जार निकोलस द्वितीयले एक अधिकार बिहिन ‘इम्पेरीयल ड्युमा ‘ को स्थापना गरेका थिए ।

२. आजैका दिन सन् १९१४ मा अमेरिकी राष्ट्रपति उड्रो विल्सनले प्रथम विश्वयुद्ध मुलत : युरोपियन राष्ट्रको बीचको झगडा भएकोले आफ्नो देश यसमा तटस्थ बस्ने यु एस सिनेट लाइ बताएका थिए ।

३. १९ अगष्ट १९३६ मा सोभियत संघमा लिओन त्रोत्स्कीको पक्षधर भएको आरोपमा सोभियत बोल्सेभिक पार्टीका दुइ नेता लिव कामेनेभ र ग्रेगोरी जिनोविएभमाथि मुद्दा शुरु भएको थियो । यी दुवै जना बोल्सेभिक पार्टीको सन् १९१७ मा गठन भएको प्रथम पोलिट ब्युरोको सात जना सदस्यहरु मध्येका थिए । कामेनेभ त् नाताले त्रोत्स्कीका बहिनि ज्वाईं समेत हुन् ।

