आफ्नो समयमा प्रभावशाली मेक्सिकन फुटबलर एन्टोनियो कार्बाहलको निधन भएको छ । उनको ९३ वर्षको उमेरमा निधन भएको हो ।
कार्बाहल ५ वटा विश्वकप खेल्ने पहिलो फुटबलर हुन् । विश्व फुटबल वृत्तमा ‘ला टोटा’ उपनामले चर्चित कार्बाहल आफ्नो समयमा चर्चित गोलरक्षक हुन् । ५ फिट ११ इन्च अग्ला यी गोलरक्षकले ५ वटा विश्वकप खेलेका थिए । उनले सन् १९५० मा ब्राजिलमा सम्पन्न विश्वकपमा पहिलो पटक सहभागिता जनाएका थिए ।
त्यसपछि उनले सन् १९५४ मा स्विट्जरल्यान्डमा भएको विश्वकपमा पनि मेक्सिकन टोलीको गोल पोष्ट सम्हालेका थिए ।यसैगरी उनले सन् १९५८ मा स्विडेन, सन् १९६२ मा चिली र सन् १९६६ मा इङ्ल्यान्डमा भएको विश्वकप फुटबल पनि खेलेका थिए ।
५ वटा विश्वकप खेल्ने उनी पहिलो फुटबलर हुन् । उनले ५ वटा विश्वकप खेल्ने कीर्तिमान पनि ३२ वर्षसम्म आफ्नो नाममा राखेका थिए । त्यसपछि चर्चित जर्मन खेलाडी लोथर म्याथ्युजले कार्बाहलको कीर्तिमानको बराबरी गरेका थिए । सन् १९९८ मा फ्रान्समा लोथर म्याथ्युजले पाँचौँ विश्वकप खेलेका थिए ।