सात तस्वीरमा एसियन राष्ट्रहरूको ‘ओलम्पिक’ एसियाडको कलात्मक एव‍ं भव्य उद्घाटन

एजेन्सी, ३ भदौ । एसियन राष्ट्रहरूको ‘ओलम्पिक’ मानिने एसियाली खेलकुद (एसियाड) को १८औँ संस्करण इन्डोनेसियाको राजधानी जकार्तामा भव्यरुपमा उद्घाटन गरिएको छ ।

एशियाली महाद्विपको सबैभन्दा ठूलो खेल उत्सव एसियाडको गेलारो बुङ कार्नो रंगशालामा एक भव्य समारोहबीच शनिबार साँझ इन्डोसियाका राष्ट्रपति जोको विडोडोले समारोहको उद्घाटन गरेका हुन् । निकै चित्ताकर्षकरुपमा आयोजना गरिएको उद्घाटन समारोहले पूरै एशियको ध्यान खिच्न सफल भएको थियो ।

यसपटकको एसियाडमा ‘एसियाको शक्ति’ नारा दिइएको छ । प्रतियोगितामा एसियाका ४५ राष्ट्रले सहभागिता जनाएका छन् । उद्घाटन समारोहमा नेपालबाट पनि खेलाडी, प्रशिक्षक, अधिकारी गरी ८० जना सहभागी भएका छन् । उद्घाटनका अवसरमा आयोजित मार्च पासमा नेपा लको प्रतिनिधित्व गर्दै भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले नेपालको झण्डा बोकेका थिए ।

एशियाडमा नेपालबाट विभिन्न २९ खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियललगायत गरी जम्मा २८५ जना सहभागी भएका छन् । नेपालले सहभागिता जनाउने २९ खेलमध्ये २३ खेल जाकार्ता र बाँकी छ खेल पालेम्वाङमा हुनेछ । नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गल्फ, फुटबल लगायतका खेलमा सहभागिता जनाएको छ ।

एशियाडमा ४५ देशका ११ हजार ५ सय खेलाडी सहभागी रहेका छन् । ४० खेलका ४ सय २० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । इण्डोनेसियामा सन् १९६२ मा पनि एशियाडको चौथो संस्करण भएको थियो ।

ईन्डोनेसियाले पहिलो पकट यो प्रतियोगीता आयोजना गर्दा नेपालले सहभागीता जनाएको थिएन । तर, यो पटक एसियाडकै ईतिहासमा नेपालले सवैभन्दा ठूलो टोलीलाई सहभागी गराएको छ ।

Leave a Reply

Your email address will not be published.