सन्तान नभएको भनी अपमान गरे, एक वर्ष कैद

काठमाडौं । कुनै पनि व्यक्तिलाई सन्तान नजन्मेकै आधारमा कसैले अपमान गरे सजायको भागीदार हुनुपर्नेछ । सन्तान नभएकै कारण घरबाट निकाला गर्ने काम समाजमा चल्दै आएकोमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारको हकले यो व्यवस्था गरेको हो ।

मौलिक हकअन्तर्गतको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले कुनै पनि व्यक्तिलाई सन्तान नभएको भन्दै अपमान गरेमा सजायको भागीदार हुने व्यवस्थासहित विधेयक संसद्मा दर्ता भएको छ ।

संघीय संसद्को प्रतिनिधिसभामा दर्ता भएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयकको दफा २० मा प्रत्येक महिलालाई स्वास्थ्य संस्थाबाट प्रजनन स्वास्थ्य रुग्णतासम्बन्धी परीक्षण गराउने, परामर्श लिने तथा उपचार प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ । यो खबर आजको राजधानि दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published.