केरेला डुबानमा परेपछि लाखौं भए घरबिहिन- तस्वीरमा हेर्नुहोस् पानीको कहर

एजेन्सी, ३ भदौ । हाम्रो छिमेकी राष्ट्र भारतको केरेला डुबानमा परेको छ । अबिरल बर्षासँगै आएको बाढीले केरेलामा १०० वर्षको रेकर्ड नै तोडेको छ । भारी वर्षा र बाढीको कारण अहिले केरेला जलमग्न भएको छ ।

त्यहाँका बासिन्दाहरु मध्ये कुनै घरबाट निस्कनको लागि कोशिस गरिरहेका छन् भने कुनै सेनाको हेलिकप्टरको सहायाताको पर्खाइमा घरको छतमाथि रात काटिरहरेका छन् । अहिले केरेला चौतर्फी रुपमा जलमग्न भएको छ । यसरी केरेला डुबानमा परेपछि घरको छतमा रहेका स्थानीयहरुसँग न खानेकुरा नै न त पिउने पानी नै ।

केरेलाको यस्तो गम्भीर स्थिती देखेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि डुबान प्रवाभित क्षेत्रमा गत शुक्रबार पुगेका थिए । मोदीले हेलिकप्टरबाट डुबानमा परेको केरेलाको अवलोकन गरे र जानकारी लिए ।

मोदीको साथमा मुख्यमन्त्री पिनाराई विजयन, केन्द्रिय मन्त्री केजे इल्फोस र अन्य अधिकारीहरु पनि थिए । बाढी प्रभावित क्षेत्रमा मृत्यु भएकाहरुलाई राष्ट्रिय राहत निधि कोषबाट प्रतिव्यक्ति दुई लाख, घाइते भएकाहरुलाई ५० हजार दिने घोषणा पनि प्रधानमन्त्री मोदीले गरेका छन् ।

केरेलामा भारी वर्षात् र बाढीको कारण अगष्ट १७ तारिखका दिन १०६ जनाले ज्यान घुमाएका थिए । गत ८ तारिखबाट केरेला डुबानमा परेको हो । आजको मितिसम्म केरेलामा डुबानका कारण ३२४ जनाको मृत्यु भइसकेको छ । अहिले भारतीय सेनाले उद्धार कार्य गरिरहेको छ ।

माथिल्लो पहाडबाट तल बगिरहेको नदीको बिचमा ठूलो चट्टान खसेपछि त्यहाँ ताल जम्न थालेको थियो । त्यसपछि सो गाउँ डुबानमा परेको थियो ।

Leave a Reply

Your email address will not be published.