एजेन्सी, ३ भदौ । गत शनिबार अभिनेत्री प्रियंका चोपडा र अमेरिकन गायक निक जोन्सको इन्गेजमेन्ट भयो । यसपछि साँझ पोष्ट इन्गेजमेन्ट पार्टी राखिएको थियो, जहाँ बलिउड फिल्मकर्मी तथा चर्चित व्यापारीहरुको उपस्थिती थियो । अभिनेत्री प्रियंकाकी आमा मधु आकर्षक आन्दाजमा देखिइन् । उनले सिल्भर कलरको साडीमा निकै आकर्षक देखिएकी थिइन् ।

चर्चित एद्योगपति मुकेश अम्बानी, उनका पत्नी नीता र छोरी इशा पनि प्रियंकाको यस पार्टीमा पुगे । प्रियंकाको यस पार्टीको प्रमुख पाहुनानै मुकेश अम्बानी थिए । यसका साथै अर्पिता खान र उनका श्रीमान आयुष पनि पार्टीमा पुगेका थिए ।

प्रियंकाले सोसल मिडियामा एक तस्वीर सेयर गर्दै लेखेकी छन्, ‘मेरो लागि, पूरै मेरो दिल र मनको साथमा’ । त्यस्तै निकले पनि तस्वीर सेयर गर्दै लेखेका छन्, ‘भविष्यको सिसेस जोन्स, मेरो दिल मेरो माया ।’

यस तस्वीरमा अभिनेता ऋतिक रोशन, बरुण धवन, आलिया भट्ट, रणवीर सिंह लगाएतले बधाई दिएका छन् । गत वर्षको मे महिना निक र प्रियंकाको भेट भएको थियो ।

