काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन जाने भएपछि आज बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
मन्त्रालयको संख्या र मन्त्रालय भागबन्डाका लागि आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको हो । प्रधानमन्त्री दाहाल चितवनबाटट फर्के पछि पुनः बैठक बसी मन्त्रालयको संख्या र मन्त्रालय भागबन्डा मिलाइने बताइको छ ।
प्रधानमन्त्री दाहाल चितवनस्थित आन्तरिक विमानस्थलको शिलन्यासका लागि अहिले चितवन जाने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सत्तारुढ गठबन्धनको बैठक आजै दिउँसो २ बजे पुनः बस्ने बताइएको छ ।