चिकित्सक सङ्घ नेपाल गण्डकी प्रदेश समितिको अध्यक्षमा डा. विक

प्रगतिशील चिकित्सक सङ्घ नेपाल गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनले डा. दीनेशकुमार विकको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा डा रामहरि दाहाल, सचिव डा सरोज दाहाल र कोषाध्यक्षमा डा अमुल्य सोती चयन हुनुभयो । यसैगरी सदस्यमा डा बिपिन सुवेदी, डा पुरन विक, डा सुभाष भुर्तेल, डा शिव विक, डा सुदन अधिकारी र डा दृश्य विश्वकर्मा रहनुभएको छ । पाँच सदस्य पछि थप गरिने प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शिव केसीले जानकारी दिनुभयो ।

बन्दसत्रमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्राडा थापाले नयाँ कार्य समितिको प्यानल प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.