सत्ता गठबन्धनमा टुंगियो मन्त्रालय भागबण्डा, रास्वपाले भाग पाएन

काठमाडौँ । बुधबार अपराह्न बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको भागबण्डा लगभग टुंग्याएको छ ।

गठबन्धनको बैठकमा कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ ।

यस्तै जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको थाहा भएको छ । तर, जुनसुकै मन्त्रालय पाए पनि सरकारमा सामेल हुन खुट्टा उचालेर बसेको राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय जनमोर्चाले पनि कुनै भाग पाउन सकेन ।

Leave a Reply

Your email address will not be published.