यातायात व्यवस्था कार्यालयका सहलेखापाल घुस सहित रंगेहात पक्राउ

काठमाडौं,०१ भदौ – शुक्रबार यातायात व्यवस्था कार्यालयका सहलेखापाल देवेन्द्र गोइत १६ हजार रुपैयाँ घुस सहित रङ्गे हात पक्राउ परेका छन ।
गोइतले ५१ हजार ५ सय रुपैयाँ राजश्व एकमुष्ठ बुझेर त्यसको रसिद दिए दिएवापत घुस असुलेका हुन्।

गोइत र यातायात व्यवस्था कार्यालयमा मेडिकल सहयाकका रुपमा काम गर्ने नारायण श्रेष्ठलाई अख्तियारले कार्यकक्षबाटै घुससहित पक्राउ गरेको हो । थप अनुसँधानका क्रममा ट्रायल पास गरेका व्यक्तिहरुले लाइसेन्स लिनुअघि राजश्व बुझाउँदा समेत कर्मचारीले घुस असुली गरेको पाइएको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.