सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौं, ८ चैत । मन्त्रालयको भागबण्डा मिलाउन सत्तारूढ गठबन्धनको बैठक बस्दैछ। बैठक बुधबार दिउँसो ४ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरि बोलाइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी थालिएको छ। नेपाली कांग्रेस, एकीकृत समाजवादी र जसपा लगायतका दलहरू सरकारमा भित्रिँदैछन्।

यसअघि गत पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन साथ दिएका नेकपा एमाले र राप्रपाले सरकारबाट बाहिरिँदै विश्वासको मत फिर्ता लिएका थिए।

Leave a Reply

Your email address will not be published.