काठमाण्डौँ,०१ भदौ – प्रतिनिधिसभा अन्तर्गत विभिन्न समितिका सभापतिको निर्वाचन चयन बैठक मिति सरेको छ ।भदौ १ गते शुक्रबारको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले बिशेष कारणबश निर्वाचन भदौ १७ गते हुने बताएका छन ।महराका अनुसार विशेष कारणले प्रतिनिधिसभा नियमावलीको नियम १ सय ७३ को उपनियम १ बमोजिम समिति सभापतिको निर्वाचन कार्यतालिका सारिएको हो ।
सभामुख महराले समितिको सभापति निर्वाचन सम्बन्धी संशोधित सूचना प्रकाशित गर्न प्रतिनिधिसभाका सचिव गोपाल नाथ योगीलाई निर्देशन थिए । यसअघि सभापतिको निर्वाचन भाद्र ५ गते मंगलबार ११ बजेका लागि तोकिएको थियो ।