१३ फेब्रुअरी २०१७ मा क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा मारिएका उत्तर कोरियाली नेता किम जोङ्ग उनका सौतेनी दाइ किम जोङ्ग- नामको मृत्यु अप्रर्याप्त प्रमाणको कारणले हत्या भन्न नसकिने मलेसियाको एक अदालतले जनाएको समाचार बेलायती समाचार एजेंजी रोयटर्सलाई उद्धृत गर्दै रसिया टुडेले बिहिबार उल्लेख गरेको छ ।
उनको मृत्यु गत बर्षको फेब्रुअरीमा क्वालालम्पुर बिमानस्थलमा एकजना महिलाले मृतक जोङ् -नामको मुख सुँघ्न खोज्दा भएको भनाइ छ । संयुक्त राज्य अमेरिकाको विदेश विभागले भीएक्स नर्भ एजेन्ट नामक बिषालु ग्याँस सुँघाएर उनको हत्या गरिएको हुन सक्ने आशंका गरेको थियो । उनको हत्यामा उत्तर कोरियाली सरकारको हात रहेको आरोप समेत लगाइएको थियो ।
त्यस बेलादेखि मलेसियाको अदालतमा दुइ जना महिलामाथि हत्याको आरोपमा पक्राउ गरी मुद्दा चलिरहेको थियो । दुवै महिलाले अदालतमा आफुहरु निर्दोष रहेको जिकिर गरेका थिए । उनीहरुका वकिलले ति महिलाहरु टिभी मा ठट्टा गर्ने काम मात्र मिलेकोले उत्तर कोरियाली सरकारले कुनै गोप्य काममा खटाएको हुन सम्भव नभएको तर्क पेश गरेका थिए ।
उत्तर कोरियाली नेताका सौतेनी दाइ मकाउमा रहदै आएका थिए । मकाउबाट उनी गोप्य परिचयमा मलेसियाको भ्रमणमा निस्केका थिए । सन् १९९४ देखि २००१ सम्म उनलाई उनका बाबुका उत्तराधिकारीको रुपमा लिने गरिन्थ्यो । तर सोही साल उनी नक्कली पासपोर्टमा टोक्यो डिस्नेल्याण्ड हेर्न जाने प्रयास गर्दा उनको उत्तराधिकारीको भूमिका कम्जोर हुन गएको थियो । तर जोङ् -नामका दावी भने उनले सुधारको पक्षमा कुरा राख्न थाले पछि उनलाई बिस्तारै किनारामा पार्दै लागिएको हो । उनी सन् २००३ देखि निर्वासन मा थिए ।