मोरङ,०१ भदौ – धोका दिएर अष्ट्रेलिया जान लागेको भन्दै एक युवकले डेटिङमा बोलाएर आफ्नै प्रेमिकाको हत्या गरेका छन ।
मोरङको ग्रामथान गाँउपालिका ५ तेतरियास्थित सिद्राहाका ३० वर्षिय दिनेश भट्टराईले सिता घिमिरेको हत्या गरेको हो ।
आफूलाई धोका दिएर अष्ट्रेलिया जान लागेको भन्दै दिनेशले २३ बर्षीया सिता घिमिरेलाई चक्कु हानेर हत्या गरेका छन् । हत्यापछि भाग्ने क्रममा गाउँलेले उनलाई पक्राउ गरेका छन्।
प्रहरीका अनुसार शुक्रबार विहान दुवै जना को १७ प १७२३ नम्बरको स्कुटरमा घुम्न निस्किएका थिए। भट्टराई हत्याकै योजनाका साथ छुरा बोकेर डेटिङमा गएका थिए। एकान्त ठाउँमा लगेर उनले अन्धाधुन्द रुपमा प्रेमिकामाथि छुरा प्रहार गरेका थिए।
भाग्न खोज्ने क्रममा स्थानीयलाई समेत उनले छुरा हानेर तर्साउने प्रयास गरेका थिए।
सीताको अष्ट्रेलियाको भिसा लागिसकेको थियो। उनलाई अष्ट्रेलिया नजान भट्टराईले दबाब दिदै आएका थिए।
आफूलाई धोका दिएर अष्ट्रेलिया जान लागेकाले आफूले हत्या गरेको पक्राउ परेका युवकले बताएका छन्। उनलाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।