बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदैछ : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा चलाएर जनयुद्धलाई अपराधीकरण गर्ने दुष्प्रयासको मिलेर प्रतिवाद गर्न आह्वान गरेका छन् ।

बहालरत प्रधानमन्त्रीमाथि मुद्दा चलाएर माओवादीलाई जिस्काउन खोजिएको भन्दै उनले यसका विरुद्ध विभाजित भएका सबै माओवादी घटकहरु एक ठाउँमा उभिएर प्रतिवाद गर्न अपील गरेकाछन् ।

शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आज काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. भट्टराईले भने, ‘माओवादी आन्दोलनलाई अपराधीकरण गरिँदैछ, बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउन भनेको माओवादीलाई जिस्काएको हो ।’

त्यसकारण सबै माओवादी घटकहरु एक ठाउँमा आउनु जरुरी रहेको उनले बताए । ‘हामी सबै मिलेर किन सडकमा निस्कन सक्दैनौं ? सक्छौं, विचार मिल्नेहरुको एउटै पार्टी बनाउँ, विचारमा अलि फरक हुनेहरु मोर्चा बनाउँ, त्यो नबनाउने हो भने कार्यगत एकता गरौं र यस्ता मुद्दाहरुमा सहकार्य गरौं’, डा. भट्टराईले भने ।

 

Leave a Reply

Your email address will not be published.