सन् २०१४मा युक्रेनमा सत्ता पलट भएको अर्बपति एलन मस्कको भनाइ

ट्विटरका सीईओ अर्बपति एलन मस्कले सन् २०१४मा युक्रेनमा सत्ता पलट भएकोमा कुनै शंका नभएको भनी आफ्ना फलोअरहरूलाई ध्रुवीकृत गरेका छन् ।

निर्वाचित युक्रेनी राष्ट्रपति भिक्टोर यानुकोभिचलाई सत्ता पलट गराउने सडक आन्दोलनको सन्दर्भमा मस्कले यस्तो टिप्पणी गरेका हुन् ।

मस्कको ट्विट अट द रेट कानेकोआ द ग्रेट नामक युजरको पोस्टमा प्रतिक्रियाको रूपमा आएको हो ।

सडक प्रदर्शन हिंसात्मक भएपछि यानुकोभचि भागेका थिए ।

यो हिंसात्मक प्रदर्शनमा अमेरिकाको हात रहेको तत्कालीन अमेरिकी सहायक विदेशमन्त्री भिक्टोरिया नुल्यान्ड र युक्रेनका लागि अमेरिकी राजदूत जिओफ्री प्याटबीच भएको टोलिफोन वार्ता चुहिएर पुष्टि भएको थियो ।

त्यो टेलिफोनबाट यानुकोभिचलाई पदच्युत गराउने योजना चुहिएको थियो ।

Leave a Reply

Your email address will not be published.