काठमाण्डौँ,०१ भदौ – फ्लप हुने नेपाली चलचित्रको कमी छैन त्यसैमा झन एकै दिन चार ओटा चलचित्र रीलीज हुन थालेपछि चलचित्रले लगानी उठाउन समेत मुस्किलनहोला भन्न सकिन्न ।
नेपालमा एउटा चलचित्रले नाफा कमाउन कम्तिमा एक साता प्रदर्शन हुनै पर्ने अवस्था छ । यस्तो अवस्थामा एकै पटक चारवटा सम्म चलचित्र जुधेका छन् ।
आज बाट प्रदर्शनमा लागेका चलचित्र जय शम्भु ,मिष्टर भर्जिन, १२ मासे र ब्ल्याकले आ(आफ्नै कथा बोकेका छन ।
चलचित्र ‘ब्ल्याक’ आश्मा पाण्डेले निर्माण गरेको हो । आकाश श्रेष्ठ, आँचल शर्मा, आयुष रिजालको मुख्य भूमिका रहेको चलचित्रमा प्रदीप श्रेष्ठको निर्देशन रहेको छ ।
विशारद बस्नेतको निर्देशनमा तयार भएको मिस्टर भर्जिनले मल्टिप्लेक्समा अन्य चलचित्रको तुलनामा केही बढी शो पाएको छ । चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, रविन्द्र झा, भोला सापकोटा, मरिष्का पोखरेललगायतका कलाकारको मुख्य भूमिका छ ।
त्यस्तै आजदेखि चलचित्र ‘जय शम्भु’ र १२ मासे पनि रिलिज भएका छन । अनुप विक्रम शाही, प्रशान्त ताम्राकार र वर्षा सिवाकोटीको त्रिकोणात्मक प्रेम झल्किने चलचित्र ‘जय शम्भु’मा एक्सन र लभस्टोरी दुवैको मजा लिन सकिने कलकारहरुको ठम्याइ छ । त्यस्तै लय संग्रौलाले निर्देशन गरेको चलचित्र चलचित्र १२ मासे मा जयकिशन बस्नेत, पूजा प्रधान, मरिचमान श्रेष्ठ,प्रदीप पाठक, सोनिक बास्तोल, सबनम दाहाललगायतका कलाकारहरुको अभिनय रहेको छ ।