टर्कीमाथि अमेरिकी नाकाबन्दी बिरुद्ध जर्मनी र कतार

 काठमाडौँ, भदौ १ –  जर्मन चान्सलर एन्जेला मर्केल र कतारी अमिर तामिम बिन हमाद अल थानी ले अमेरिका र टर्की बीच बढ्दै गएको बर्तमान तनाव मा टर्की को साथ् दिने बताएका छन् । गत बुधबार टर्कीका राष्ट्रपति रेसेप तैय्याप एर्दोगानलाई  फोन सम्पर्कद्वारा जर्मन चान्सलर एन्जेला मर्केलले उच्चस्तरीय भ्रमण को माद्यम द्वारा टर्की संग को सम्बन्ध र सहयोग लाइ मजबुत पार्ने आफ्नो देश को प्रतिबद्धता लाइ दोहोर्याएकि हुन् । 

गत बुधबारकै दिन कतारका अमिर औपचारिक भ्रमणका लागि टर्की पुगेका थिए । उनलाई त्यहाँ टर्कीका राष्ट्रपति एर्दोगानसंगको ‘प्राइभेट मिटिंगमा दुइ देशबीचको हालको सम्बन्धलाई कसरी रणनैतिक रुपले बिभिन्न क्षेत्रमा बिस्तार गर्न सकिन्छ भनेर गहन छलफल गरेको समाचार टर्की को अनादोलु एजेन्सी लाइ उधृत गर्दै इरानी संचार माध्यम प्रेस टिभी को अनलाइनमा जनाइएको छ ।

दुइ देशका नेताहरुको भेटको दौरान कतारले टर्की मा १५ बिलियन डलरको लगानी गर्ने निर्णय समेत गरेको एजेन्सीहरुले बताएका छन् । गत अगष्ट १० तारिखका दिन देखि ट्रम्प प्रशासनले टर्कीबाट आयात हुने स्टिल र आल्मुनियममाथिको भन्सार दोब्बर पारेको थियो । यसको बदलामा टर्कीले पनि अमेरिकामा निर्मित इलेक्ट्रोनिक्स सामान हरु प्रयोग नगर्ने भन्दै ति वस्तुहरुमा भन्सार महशुल वृद्धि गरेको समाचार छ ।

Leave a Reply

Your email address will not be published.