सुनको मूल्य बढ्यो

काठमाडौं, २५ माघ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा प्रतितोला दुई सय रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला एक लाख चार हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार आठ सय तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार तीन सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन एक लाख चार हजार एक सय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर एक हजार तीन सय १५ तोकिएको महासङ्घले जनाएको छ।

Leave a Reply

Your email address will not be published.