काठमाडौं,०१ भदौ – राजधानीको वायूप्रदुषण नियन्त्रण गर्न सरकारले आजदेखि काठमाडौं महानगरपालिका र ललितपुर उपहानगरपालिकामा प्रदुषणमा पास भएर हरियो स्टिकर टाँसेका गाडीहरुलाई मात्र चलाउन दिने भएको छ ।
यसअघि प्रदुषणमा फेल भएका गाडी कारबाही गरेर चलाउन दिने गरिएको भए पनि यातायात व्यवस्था विभागले अबदेखि प्रदुषणमा फेल भएका गाडी चलाउन नदिने भएको हो ।
पास भएर हरियो स्टिकर टाँसेका गाडीलाई मात्र आजदेखि सञ्चालन गर्न दिइने र अन्य गाडी नियन्त्रणमा लिन थालेको छ।
सवारी साधनहरुको चेकजाँचका लागि अनुगमन टोली खटिएका खटिइसकेको र हरियो स्टिकर नभएका सवारी साधनलाई नियन्त्रणमा लिने काम भइरहेको अर्यालले बताए।
साउन १ देखि हरियो स्टिकरविनाका सवारी साधनलाई बन्देज लगाउने निर्णय भए पनि कार्यान्वयन हुन भने सकेको थिएन । सवारी साधनको प्रदुषण मापन यन्त्र खरिद ढिलो भएकोले तोकिएको मिति सर्दै आएको थियो । विभागले प्रदुषण मापनका लागि जापानबाट ‘डिजेल स्मोक मिटर’ र ‘ग्यास एनलाइजर’ खरिद गरी परिक्षण सुरु गरेको छ।
धुँवा फाल्ने गाडीका कारण पनि राजधानीमा प्रदुषण बढ्दै गएको र त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले कडाई गर्न लागेको विभागले जनाएको छ ।