फाइल फोटो

सुन चाँदीको भाउ घट्यो

काठमाण्डौं । सुन चाँदीको भाउ आज केही घटेको छ । सुनको भाउ आज तोलामा चार सय र चाँदीको २५ रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा एक लाख तीन हजार पाँच सय रुपैयाँ तोकेको छ । हिजो एक लाख तीन हजार नौ सय रुपैयाँ थियो । यस्तै, चाँदी आज तोलामा एक हजार तीन सय ६५ रुपैयाँ छ । हिजो तोलाको एक हजार तीन सय ९० रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published.