देशभर जाडो ह्वात्तै बढ्यो : यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । देशभर केही दिनदेखि जाडो ह्वात्तै बढेको छ । अझै एकरदुई दिन जाडो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् । हिमाली र उच्च पहाडी क्षेत्रको तापक्रम माइनसबाट पनि ओरालो लागेको छ।

जुम्ला, जोमसोम, जिरी लगायतका ठाउँको तापक्रम माइनसभन्दा पनि कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु ठाउँमा पनि जाडो बढेको छ । हिमाली क्षेत्रका केही ठाउँमा हिमपात भएको छ भने तराई मधेसका धेरै ठाउँमा दिउँसो पनि घाम देखिन छोडेको छ । काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा पनि राम्रोसँग घाम लाग्न सकेको छैन । चिसोसँगै प्रदूषण पनि बढेको छ ।

बिहान र बेलुका चिसो अझै बढ्दा वृद्धवृद्धा, बालबालिका, दीर्घरोगी, सुत्केरी लगायतलाई समस्या भएको छ । चिसोकै कारण कतिपय विद्यालय बन्द भएका छन् । चिसो बढ्ने क्रम अझै एक, दुई दिनसम्म रहने मौसमविद्को भनाई छ । हावाको गति उत्तरबाट पश्चिम हुँदै दक्षिणतर्फ रहेकोले हिमालको हावाका कारण र समुद्रको तापक्रम घटेकोले जाडो बढेको हो । अहिले समुद्रको तापक्रम बितेको ५० वर्षको तुलनामा कम रहेकोले त्यसको असर नेपालमा पनि देखिएको छ ।

डा. उप्रेतीले चिसो बढेकाले बिहानको समयमा सकेसम्म बाहिर हिँडडुल नगर्ने, न्यानो लुगा लगाउने, बिहान बाहिर हिँड्नै परे मास्क लगाउने, आगो ताप्दा झ्यालरढोका खोलेर वा पर्याप्त हावा ओहोरदोहोर हुनेगरी मात्र आगो वा हिटर ताप्ने लगायतका काम गर्न अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published.