तेल मूल्यको सीमा प्रत्युत्पादक हुने अर्थशास्त्रीको भनाइ

काठमाडौं । पश्चिमा देशहरूले रुसी तेल निर्यातमा सीमा तोकेर विश्वको तेल मूल्यमा हुने वृद्धिलाई रोक्ने प्रयासमा असफल भएका छन् ।

विश्व बैंकको ऊर्जा सल्लाहकार तथा एक प्रभावशाली तेल अर्थशास्त्री ममदउ सलामेहले दी आयलप्राइसलाई बताएका छन् ।

सलामेहका अनुसार तेल उत्पादन गर्ने कुनै पनि देशले बजारको औसत मूल्य भन्दा तल मूल्य राखेर तेल बेच्न सहमत हुने छैन् ।

उनले भने “ रुसी तेल निर्यातमा पश्चिमा तेल मूल्य सीमा असफल भइसकेको छ ।बजार मूल्य ८५ अमेरिकी डलर भएका बेला न त तेल उत्पादक देशहरूको समूह ओपेक प्लस न त रुसले तिनका तेल मूल्यको सीमा प्रति ब्यारल ६० अमेरिकी डलर बराबरमा बेच्न सहमत हुनेछ । बिक्रेताले सजिलै खरिदकर्ता पाउने तर पश्चिमा देशले पाउँदैनन् र बिना तेल तिनको अर्थतन्त्र रोकिन्छ । उनीहरू अन्ततः गुमाउनेवाला हुनेछन् ।” भने “यसको प्रमाण डिसेम्बर ५मा जतिले सीमा ल्याइयो ब्रेन्ट कच्चा तेलको मूल्य ७३ अमेरिकी डलर थियो तर त्यसयता तेलको मूल्य बढेर ८५.४३ अमेरिकी डलर पुगेको छ । यो १७ प्रतिशतको वृद्धि हो ।”

सलामेहले रुसको अर्थतन्त्र यो सीमाबाबट प्रभावित हुने नदेखएको पनि बताए ।

उनले भने “ रुसले गुमाउने छैन् ।यसका मुख्य खरिदकर्ताहरू चीन, भारत र एसियाली देशहरूले मूल्य सीमा वा प्राइस क्यापलाई बेवास्ता गरिसकेका छन् । उनीहरूले बढी आयतनमा रुसी कच्चा तेल किनरिहेका छन् । रुसले दैनिक ६० लाख कच्चा तेल ब्रेन्ट तेलको मूल्य ८५.४३ अमेरिकी डलर प्रतिब्यारलमा बेच्छ भने रुसले ७३ अमेरिकी डलरमा ७० लाख ब्यार दिनको बेचेर पाउने भन्दा बढी लाभ पाउने छ । त्यसैले रुसको बजेटमा कुनै फरक पर्दैन । रुसको बजेट बचत बढ्ने छ ।”

Leave a Reply

Your email address will not be published.