शेरबहादुर देउवाले आज सरकारी निवास बालुवाटार छाड्दै

काठमाण्डौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।

हिजो सात दल र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले बालुवाटारमा रहेको सरकारी निवास छाड्न लागेका हुन् ।

प्रचण्डको शपथअघि नै देउवाले बालुवाटार छोड्ने तयारी गरेको बुझिएको छ । हिजो प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आज बेलुकी ४ बजे शपथ लिने कार्यक्रम छ । आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published.