काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा महिला संसादहरुले मदतान नगर्दा गगन थापा पराजीत हुन पुगेका छन् ।
२०७४ को निर्वाचनमा कांग्रेसले काठमाडौं–४ बाट प्रत्यक्षतर्फको उम्मेदवारीको टिकट गगन थापालाई दिएपछि असन्तुष्ट भई पार्टी त्यागको घोषणा गरेकी पूर्वसभासद सुप्रभा घिमिरेले महिला सांसदहरुलाई बिगतको घटना स्मरण गराउँदै गगनको पक्षमा मतदान नगर्न भनेपछि आज सम्पन्न संसदीय दलको नेतामा गगन थापा शेरबहादुर देउवासँग पराजीत भएको स्रोतले बतायो ।
गगन थापा लगायतले नै सुप्रभा घिमिरेलाई पार्टीबाट निस्किन बाध्य पारेको घटनाको बदलास्वरुप यसपालि महिला संसदहरुले गगनलाई ‘महिला बिरोधी’ भन्दै दलको नेतामा मतदान नगरेको कांग्रेसभित्र परिचर्चा छ । ‘महिला बिरोधी गगनलाई किन भोट हाल्ने ?’ एक महिला सांसदले नाम उल्लेख नगरिदिने शर्तमा छोटो प्रतिकृया दिइन् ।