माओवादीले बिहीबार संसदीय दलको नेता छान्न्ने

काठमाडौं । माओवादीले बिहीबार अपरान्ह ४ बजे संसदीय दलको बैठक बोलाएको छ । माओवादीमा दलको नेताका लागि अध्यक्ष पुष्पकमल दाहाल नै चयन हुने देखिएको छ । माओवादीमा दाहाललाई चूनौति दिनेगरी कोही पनि नेता मैदानमा उत्रिएका छैनन् ।

यसअघि हिजो नै एमाले र नेकपा (एकीकृत समाजवादी) ले पनि दलको नेता चयन गरिसकेका छन्। एमालेले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) ले माधवकुमार नेपाललाई सर्वसम्मत् रुपमा चयन गरेको हो । त्यसैगरी आज कांग्रेसले निर्वाचनबाट पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताका रुपमा चयन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published.