‘हात्तीछाप’मा अभिनेता दयाहाङ राई अनुवन्धित

काठमाडौँ। निर्माता किरण नेपालीको आगामी फिल्म ‘हात्तीछाप’मा अभिनेता दयाहाङ राई अनुवन्धित भएका छन। बिहिबार निर्माण टिम र दया बिच कागजी सम्झौता भएको थियो। सामाजिक कथावस्तुमा आधारित फिल्मलाई सिमोस सुनवारले निर्देशन गर्दैछन् । अन्य कलाकारहरु फाईनल नभई सकेको फिल्मको लेखन प्रदिप भारद्वाजले गरेका हुन्।

प्रदिपको स्क्रिप्ट मन परेकाले नै निर्माता किरणले आफ्नो प्रोजेक्ट ‘पोई पर्यो काले २’ लाई पछि सार्दै ‘हात्तीछाप’ लाई अगाडी सारेका हुन्। फिल्म चैत्रबाट फ्लोरमा जानेछ। अभिनेता दयाहाङ र किरणले फिल्म ‘दुई नम्बरीमा’ सहकार्य गरेका थिए जुन सुपरहिट सावित भई सकेको छ।

Leave a Reply

Your email address will not be published.