४० दिने सेड्युलमा ‘प्रसाद २’ को छायांकन सुरु

काठमाडौँ। रिलिज अघिनै विवादमा तानिएको फिल्म ‘प्रसाद २’ को अन्तत: पुन छायांकन सुरु भएको छ। बिहिबार फिल्मको शुभ साईत गर्दै अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीले मुहुर्त सर्ट दिएका थिए। माछापुछ्रे गाउँपालिकाबाट सुरु भएको छायांकनको सेड्युल ४० दिन सम्म रहेछ।

सुदर्शन थापाले निर्देशन गर्ने फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतका कलाकारको अभिनय रहनेछ । फिल्ममा राजेश श्रेष्ठको छायांकन, उत्तम न्यौपानेको ध्वनी, राजनराज सिवाकोटीको संगीत रहनेछ।

संचारकर्मी सुशिल पौडेलद्वारा लिखित फिल्म एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको हो। सुदर्शन बस्नेतले निर्माण गर्ने फिल्मका प्रस्तुतकर्ता भने सुवास थापा हुन्। फिल्मको कथावस्तु उत्कृष्ट भएकाले पनि ‘प्रसाद २’ निर्माण गर्न लागेको र फिल्मले ‘प्रसाद’ले जस्तै माया पाउँनेमा निर्देशक थापा विश्वस्त छन। फिल्मको रिलिज डेट भने छायांकन पछि मात्र सार्वजनिक गर्ने निर्माण पक्षले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published.