काठमाडौं । विश्व विश्वकप फुटबलको फाइनलकै दिन अर्थात् पुस ३ गते दि समर काउचर २०२२ रनवे सेसन–७ को आयोजना हुने भएको छ । काठमाडौंको लाजिम्पाट स्थित चखेवा लाउन्ज एन्ड बारमा आयोजना हुने उक्त फेशन शोमा एक दर्जन मोडलहरुले विविध पहिरन सहित क्याटवाक गर्नेछन् ।
साँझ साढे पाँचको समयमा सुरु हुने उक्त कार्यक्रममा फेशन शोका साथ–साथै क्विज कन्टेस्ट, गितसंगीत र डिजे शेसन पनि हुने छ भने ठूलो पर्दामा विश्वकप फुटबलको फाइनल म्याच समेत देखाइने छ ।
एक्सप्रेस मल्टिमिडिया र राधा केशीको संयुक्त आयोजनामा हुने उक्त शोमा कन्सेप्ट र इभेन्ट पंकज सिंको हुनेछ । सिं फेशनको क्षेत्रमा एक दशकभन्दा बढी समयका अनुभवी व्यक्ति हुन् । उनका अनुसार यस्ता शोहरुले नेपाली मोडल र ड्रेस डिजाइनरलाई एक्टिभ बनाइरहने छ भने यसपटक विश्वकप फुटबल हेर्दै फेशन शोको मजा लिंदा फरक अनुभव हुनेछ ।
सह–आयोजक मास्टर माइन्ड्स इन्टरनेशनल रहेको उक्त शोको इभेन्ट म्यानेजर प्रार्थना शंकर छिन् । शोमा सोनी खड्काको कोरियोग्राफी रहने छ भने ड्रेस डिजाइन पेजेन्ट नेपाल र मिरर बुटिकले गर्नेछन् भने मेकअप सामना श्रीष्टिनाले गर्नेछिन् । इन्भेन्टको मिडिया पार्टनरहरु जनदिशाडटकम, राष्ट्रखबर, तथ्यखबर र ग्ल्यामर्स आइकन रहेका छन् ।