सम्पती शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा स्थापना हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पती शुद्धीकरण निवारण सुपरीवेक्षण प्रभावकारी बनाउनको लागि छुट्टै सम्पती शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा स्थापना गर्ने भएको छ ।

बैंकले माघ १ गते देखि लागू हुने गरी सम्पती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धि निरीक्षण तथा सुपरीवेक्षणको प्रभावकारीता बढाउन छुट्टै विशिष्टिकृत सुपरीवेक्षण युनिट स्थापना गर्न लागेको हो । राष्ट्र बैंकले सम्पती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धि निरीक्षण तथा सुपरिवेक्षण विभिन्न वित्तिय इकाईहरुमार्फत गर्दै आएको थियो ।

सम्पती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी निवारण गर्ने नेपालको अन्तराष्ट्रिय प्रतिवद्धतालाई पूरा गर्नका लागि राष्ट्र बैंकले छुटै युनिट स्थापना गरेर अझ प्रभावकारी रुपमा सुपरीवेक्षण गर्ने उद्देश्यले सम्पती शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखा स्थापना गर्न लागिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । उनले राष्ट्र बैंकबाट सम्पती शुद्धीकरण निवारण सम्बन्धि सुपरीवेक्षण विभिन्न ईकाई तथा सुपरीवेक्षण शाखामार्फत भएपनि अब थप प्रभावकारी बनाउनको लागि छुट्टै युनिट बनाएको बताए । उहाँले सम्पती शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखाले प्रभावकारी रुपमा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानीका सम्बन्धमा सुपरीवेक्षण गर्ने बताए ।

प्रवक्ता भट्टले नेपाल राष्ट्र बैंक सम्पती शुद्धीकरणका कारण मुलुकको प्रतिष्ठा र व्यवसायीक वा बैंकिङ गतिविधि अफ्ठ्यारो नपरोस् भन्ने विषयमा सचेत र सजग रहेको बताए । उहाँले राष्ट्र बैंकले अहिले पनि सम्पती शुद्धीकरणका विषयमा सुपरीवेक्षण गरिरहेको बताए । उनले विभिन्न विभागहरुमा छरिएर रहेको सम्पती शुद्धीकरण सुपरीवेक्षण निवारण गर्ने कार्यलाई सम्पती शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखाबाट विशिष्टिकृत रुपमा काम गर्नको लागि गठन गरिएको बताए ।

उनले भने,‘ सम्पती शुद्धीकरण निवारण सुपरीवेक्षण गर्नको लागि छुट्टै विशिष्टिकृत महाशाखा स्थापना गर्ने राष्ट्र बैंकले निर्णय गरेर कार्यान्वयनको प्रक्रिया नै अगाडि बढाइएको छ । अहिलेसम्म राष्ट्र बैंकका विभिन्न सुपरीवेक्षण विभागहरुले एमएल सुपरभिजन सेप्टीमा विशेष गरी बैंकको सुपरीवेक्षण विभागमा छुट्टै युनिटले काम गरिरहेको अवस्था थियो । अब राष्ट्र बैंकका जतिपनि सूचक संस्थाहरु छन् । ती संस्थाहरुको सम्पती शुद्धीकरण सम्बन्धी कारोबारहरुको सुपरीवेक्षण गर्नका लागि डिलेकेटेड युनिट स्थापना गर्ने र विशिष्टिकृत युनिटमा सम्पती शुद्धीकरण सम्बन्धि विज्ञ जनशक्ति पनि हुन्छ । सम्पती शुद्धीकरण तथा आतङकवादी क्रियाकलापमा वितिय लगानी निवारण गर्ने नेपालको अन्तराष्ट्रिय प्रतिवदताहरु पनि छ । अहिले सम्पती शुद्धीकरण सम्बन्धी मूल्याङ्कन पनि भइरहेको छ । भोलिको दिनमा सम्पती शुद्धीकरणकाकारणबाट मुलुकको प्रतिष्ठामा अफ्ठ्यारोमा नपरोस् र व्यवसायीक वा बैंकिङ गतिविधि सम्पती शुद्धीकरणका कारण पर्ने अफ्ठ्यारो नपरोस् भनेर राष्ट्र बैंक सचेत र सजग छौं । त्यसको लागि राष्ट्र बैंकले अहिले पनि सुपरीवेक्षण गरिरहेको छ । अहिले सुपरीवेक्षण विभागहरुमा छरिएर रहेको सम्पती शुद्धीकरण सुपरीवेक्षण निवारण गर्न कार्यलाई सम्पती शुद्धीकरण निवारण महाशाखाबाट विशिष्टिकृत रुपमा काम गर्नको लागि गठन भएको हो । आगामी दिनमा सम्पती शुद्धीकरण सम्बन्धि सुपरीवेक्षणलाई अझ प्रभावकारी बनाउनको लागि यो युनिटले महत्वपूर्ण भुमिका खेल्छ । राष्ट्र बैंकले सम्पती शुद्धीकरण सुपरीवेक्षण निवारण सम्बन्धि गर्न कामहरु गर्नुपर्ने छ । अन्तर्राष्ट्रिय रुपमा भएका प्रतिवद्धताहरुलाई पूरा गर्नुछ । अहिले अन्तर्राष्ट्रिय रुपमा सम्पती शुद्धीकरण मूल्याङ्कन भइरहेको छ । सम्पती शुद्धीकरणमा राष्ट्र बैंकले गर्नुपर्ने काम कमि नहोस् भनेर कामहरु अगाडि बढाएको छ । केही दिन अगाडि सम्पती शुद्धीकरण सम्बन्धि मार्ग निर्देशन जारी गरेका छौं । एकीकृत निर्देशनमा पनि आवश्यक संशोधन गरेका छौं । अब संस्थागत संरचना पनि एउटा थप प्रभावकारी र बलियो हुनुपर्छ भन्ने उद्देश्यका साथ विशिष्टिकृत सम्पती शुद्धीकरण सुपरीवेक्षण निवारण युनिट स्थापना गरिएको हो । राष्ट्र बैंकको जानकारी इकाईले आफ्नो किसिमले काम गरिरहेको हुन्छ । विभिन्न सूचक संस्थाहरुको शंकास्पद कारोबारको रिपोर्ट गरिरहेका हुन्छन् । सम्पती शुद्धीकरण सुपरीवेक्षण पनि बैंकले गरिरहेको काम हो । अहिलेको जोड के हो भन्दा सुपरीवेक्षणलाई विशिष्टिकृत बनाउने, युनिट अनुसारको जनशक्ति पदस्थापन हुन्छ । त्यहाँ पदस्थापन भएका जनशक्तिले पनि विशिष्टता हासिल गर्छन् र अन्तर्राष्ट्रिय निकायहरुसँग सम्पर्क र समन्वय गर्नका लागि सजिलो बनाउँछ । विशेष गरी सुपरिभिजनको प्रभावकारीतामा अभिवृद्धि गर्छ ।’

प्रवक्ता भट्टले आगामी दिनमा सम्पती शुद्धीकरण सम्बन्धि सुपरीवेक्षणलाई अझ प्रभावकारी बनाउनको लागि सम्पती शुद्धीकरण निवारण सुपरीवेक्षण महाशाखाले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले राष्ट्र बैैंकले अन्तर्राष्ट्रिय रुपमा भएका सम्पती शुद्धीकरण सम्बन्धि प्रतिवद्धताहरुलाई पूरा गर्ने कार्यमा कमी हुन नदिने गरी काम भइरहेको बताउनु भयो । उनले राष्ट्र बैंकले केही दिन अगाडि सम्पती शुद्धीकरण सम्बन्धि मार्ग निर्देशन समेत जारी गरेको बताउनु भयो । उहाँले राष्ट्र बैंकले संस्थागत संरचना पनि एउटा थप प्रभावकारी र बलियो बनाउने उद्देश्यका साथ विशिष्टिकृत सम्पती शुद्धीकरण सुपरीवेक्षण निवारण युनिट स्थापना गरिएको बताए । उनले महाशाखा स्थापनाले अन्तर्राष्ट्रिय निकायहरुसँग सम्पर्क र समन्वय गर्नका लागि सहज र सम्पती शुद्धीकरण सुपरीवेक्षण निवारण सम्बन्धि सुपरिभिजनको प्रभावकारीतामा अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published.