काठमाडौँ । यहि पौष १५ गतेबाट देशभर प्रदर्शनमा आउने फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’को अफिसियल टिजर सार्वजनिक भएको छ। सोमबार निर्माण टिमले प्रचार स्वरुप फिल्मको टिजर सार्वजनिक गरेको हो। १ मिनेट २३ सेकेन्ड लामो टिजरमा फिल्मका मुख्य पात्रहरु ऋचा शर्मा, प्रियंका कार्की, बेनिषा हमाल, आयुष्मान देशराज जोशी लगायतका कलाकारहरु अटाएका छन। टिजरमा समावेश जिउनै सिरिङ्ग गर्ने टाईटल ट्राकले दर्शकलाई उत्साहित गर्न सक्छ।
अरुण चक्रावर्ती लगानी गरेको फिल्ममा रिञ्जु केसी प्रस्तुतकर्ताको रुपमा देखिएका छन। फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशीका साथै राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ । एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई मर्ण जेम्स र यश सैनीले निर्देशन गरेका हुन्।