‘ह्यारी कि प्यारी’को मुम्बईमा पोस्ट प्रोडक्सन सुरु

काठमाडौँ। साम्राज्ञी र जितुको प्रतिक्षित फिल्म ह्यारी कि प्यारीको अहिले चर्चा चुलिन थालेको छ, कारण हो फिल्मका मुख्य पात्र साम्राज्ञी र जितु नेपाल। एक त साम्राज्ञीको पहिलो कमेडी फिल्म अर्को जितु र साम्राज्ञीको जोडी हेर्न पनि दर्शकहरु माझ ह्यारी कि प्यारी प्रतिक्षित बनिरहेको छ। केहि समय अघि पोस्टर सार्वजनिक गर्दै फिल्मले दर्शक माझ एक प्रकारको छाप छोडीसकेको छ। अब भने फिल्म अर्को कारणले चर्चामा रहेको छ। अहिले फिल्मका निर्देशक कपिल रिजाल मुम्बईको प्राइम फोकस स्टुडियोमा ह्यारी कि प्यारीको पोस्ट प्रोडक्सनमा ब्यस्त छन।

निर्देशक रिजालको प्रस्तुति रहेको फिल्ममा शिखर सन्तोष/युग भुषालको संगीत, कविराज गहतराजको कोरियोग्राफी, सुदिप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन छ । फिल्म आउँदो माघ २० गतेबाट देशभर प्रदर्शन हुदैछ।

सुदिप बराल, गिरिराज घिमिरे, डाक्टर रिजाल र अभिमन्यू निरवीको पटकथा/संवाद रहेको फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रन्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारहरुको पनि अभिनय छ ।

Leave a Reply

Your email address will not be published.